1478958692 banner ad format

 
 

काठमाडौँ। अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । 

Afghanistan Kabul

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ । 

उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood