usa congress

तिब्बती शरणार्थीहरुको मानव अधिकारको ‘पूर्ण रक्षा’ गर्न आह्वान गर्दै अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका आठ सदस्यले नेपाललाई पत्र लेखेका छन्। अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पत्र लेख्दै उनीहरुले तिब्बती शरणार्थीहरुलाई चीनमा ‘डिपोर्ट’ नगर्न आग्रह गरेका छन्।

नेपालमा अमेरिकी दादागिरी : उत्तर कोरियालीको भिसा म्याद नथप्न दबाब !

टम लान्टोस ह्युमन राइट्स कमिसनका सहअध्यक्ष जेम्स पी म्याकगभर्न र क्रिस्टोफर एच स्मिथका साथमा इलियट एल एन्जेल, माइकल टी म्याक्कउल, डेविड ई प्राइस, वर्न बुकानन, प्रमिला जयपाल र स्टिभ चाबोटले नोभेम्बर ८ मा नेपाली राजदूतावासलाई सो पत्र पठाएका हुन्। सेप्टेम्बर ५ मा तिब्बतबाट नेपाल प्रवेश गरेका ६ तिब्बतीलाई चिनियाँ अधिकारीहरुको जिम्मा लगाएकोमा सांसदहरुले विरोध जनाएका छन्। यसबाट नेपालले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी (यूएनएचसीआर)सँगको ‘भद्र सहमति’ उल्लंघन गरेको पनि उनीहरुले आरोप लगाएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि तिब्बती शरणार्थीको सम्भावित प्रदर्शनलाई रोक्न प्रहरीले गरेको धरपकडप्रति पनि उनीहरुको आपत्ति छ। त्यस्तै, नेपाल र चीनबीच हुने भनिएको सुपुर्दगी सन्धिप्रति पनि उनीहरुले चासो देखाउँदै नेपाललाई यस्ता सन्धिप्रति सतर्क रहन सुझाएका छन्। पत्रमा सी चिनफिङको भ्रमणका क्रममा सुपुर्दगी सन्धि नहुने नेपाल सरकारको भनाइको स्वागत गरेको स्मरण गरिएको छ।

‘राष्ट्रपति सीको भ्रमणअघि नेपाल र चीनबीच प्रस्तावित सुपुर्दगी सन्धिमा हस्ताक्षर नहुने रिपोर्टको हामीले स्वागत गरेका थियौँ’, पत्रमा भनिएको छ, ‘त्यसैले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल र चीनद्वारा जारी संयुक्त वक्तव्यमा सुपुर्दगी सन्धि चाँडै हुने आशा व्यक्त गरिएको उल्लेख भएकामा हामी निरास र चिन्तित भएका छौँ।’ ‘आफ्नो भूमिमा चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धताले आधारभूत नागरिक तथा राजनीतिक अधिकारमाथिको प्रतिबन्धलाई न्यायोचित ठहर्‍याउन सक्दैन,’ उनीहरुले भनेका छन्।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...