1478958692 banner ad format

 
 

जेजु इस्लान्द (दक्षिण कोरिया)। चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो वार्षिक बैठक दक्षिण कोरियाको दक्षिणी भूमागमा रहेको एक रिसोर्टमा शुक्रबार सुरु भएको छ । 

Asian Infrastructure Investment Bank in South Korea
उक्त बैंकको बोर्ड अफ गभर्नर्स्को दोस्रो बैठक पहिलो पटक दक्षिण कोरियाले आयोजना गरेको हो । शुक्रबार बिहान सुरु भएको सो बैठकको उद्घाटन दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गरे । 

सो बैठकको उद्घाटन सत्रलाई सम्बोधनगर्दै राष्ट्रपति इनले आफूले बेइजिङ्बाहिर पहिलो पटक उक्त बैंकको बैठक आयोजना गर्न पाएकोमा खुशी लागेको बताए  । 

गत मे महिनामा राष्ट्रपति निर्वाचित भएका उनले आफूले आफ्नो कार्यकालको पहिलो अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्न पाएकोमा निकै खुसी भएको बताए । 

एआइआइबीको यस बैठक अत्यन्तै अर्थपूर्ण रहेको भन्दै उनले एसियामा आर्थिक क्षेत्र र पूर्वाधारको विकासमा यस बेठकले निकै ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको पनि बताए । 

स्थापनाको छोटो समयमा नै यस संस्थाले ठूलो प्रगति गरेको भन्दै आगामी दिनमा यसले प्राप्त गर्ने सफलताले एसियाली क्षेत्रको विकासमा स्थान बनाउने धारणा उनले राखे । 

यस बैंकको पहिलो वार्षिक बैठक चीनको राजधानी बेइजिङ्मा गतबर्ष भएको थियो । यो बैंकको औपचारिक स्थापना सन् २०१६ मा मात्र भएको हो । यो बैंक चीन सरकारको अग्रसरतामा स्थापना भएको हो । 

बहुराष्ट्रिय बिकास बैंकका रुपमा विकास गर्ने योजना बनाइएको यस बैंकले एसियाली राष्ट्रहरुमा पूर्वाधारको विकासका लागि आर्थिक सहायता र ऋण दिने विधानको व्यवस्था गरेको छ । 

सो बैठकमा यो बैंकका सदस्य राष्ट्रहरुका करिब दुई हजार सरकारी अधिकारी, पत्रकार, बैंकका प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइएको छ । 

दक्षिण कोरियाली सरकारले दिएको जानकारी अनुसार सो बैठकको मुख्य विषय बस्तु दिगो पूर्वाधार निर्माणजस्ता विषयमा केन्द्रित हुने पनि सो समाचारमा जनाइएको छ ।

प्रकासित मिति

Loading...