1478958692 banner ad format

 
 

काठमाडौँ - दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको अणु बम हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको छ । 

sumiteru

त्यस समयमा उनी हुलाकीको जागिरमा थिए । त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पुर्‍याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो । 

उनी एटम बमको आक्रमणमा परेका थिए । शरीरको देब्रे भाग जलेको र पछि उपचारपछि बाँचेका उनले पछि पनि आफ्नो सोही पेसामा रहेर काम गरेका थिए । 

सन् १९४५ को अगष्ट ९ का दिन बिहान जापानी नगर नागासाकीमा अमेरिकाले बम हानेको थियो । त्यसको तीन दिनमात्र अघि जापानको हिरोसिमामा जापानले अर्को शक्तिशाली बम हानेको थियो । 

नागासाकीमा हानेको बम लागेर घाइते भएका ती सुमितेरु तानिगुचीको बुधबार ८८ बर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । 

जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका ती जापानी नागरिकको क्यान्सरको रोगबाट बुधबार निधन भएको प्राप्त समाचारमा जनाइएको छ । 

पछि उनी जापानमा आणविक बम विरुद्धमा चेतना जगाउने काममा काम गरेका थिए । उनलाई एटमिक बमको हानीका विरुद्ध तथा शान्तिका लागि सञ्चालित अभियानका एक सशक्त अभियन्ताको रुपमा लिने गरिन्थ्यो । 

सोही कारण सुमितेरुलाई एक समयमा नोवेल शान्ति पुरस्कारको दाबेबारका रुपमा पनि निकै प्रचार गरिएको थियो । तर उनलाई सो पुरस्कार भने प्राप्त हुन सकेन । 

बम लागेपछि पनि उनी त्यहाँबाट करिब १८ किलोमीटर परसम्म साइकल चढेर पुगेका थिए । त्यसपछि अचेत भइ भूईमा लडेका उनलाई अस्पताल पुर्‍याइएको थियो । 

सन् २०१५ मा आयोजना गरिएको नागासाकी हमलाको बारेमा जानकारी दिन आयोजना गरिएको एक समारोहमा आफ्नो अनुभव उनले यसरी सुनाएका थिए ‘पछिबाट निकै तातो र कडा खालको धुवाँको मुस्लो आएको देखेँ र यो के होला भन्दाभन्दै मलाई नै त्यो मुस्लोले डढायो ।’ 

सो कार्यक्रममा आफ्नो ७० बर्षभन्दा पुरानो अनुभव सुनाउँदै उनले भनेका थिए ‘म भूईमा लडेँ' । पछि एकैछिनमा उठेर हेरेको मेरो शरीरको देब्रे भाग सबै जलेको थियो । कपडा पनि जलेका थिए । साहस गरेँ र साइकला चलाएरै म जानुपर्ने गन्तव्यमा पुगेँ । पछि त बेहोस भएर लडिछु अनि मलाई अस्पताल पुर्‍याएछन् ।’ 

उनको बुधबार निधन भएको खबर निहोन हादियान्को नामक एक संस्थाले गरेको छ । उक्त संस्था नागासाकीमा बम हमलाबाट घाइते भएर बाँचेका व्यक्तिहरुको उपचार र रेखदेखको लागि काम गरिरहेको संस्था हो । 

हिरोसिमा र नागासाकीमा भएको हमलामा परी साढे तीन लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै त्यसमा परी घाइते भएका लाखौँ व्यक्तिले उपचार पछि अङ्गभङ्ग भएर बाँचेका छन् । 

 

प्रकासित मिति

Loading...

 

yummyfood