1478958692 banner ad format

 
 

नैरोबी (केन्या) - केन्याको उत्तरी क्षेत्रमा रहेको एक आवासीय विद्यालयमा एक समूहको शसस्त्र आक्रमणमा शनिबार पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । 

Attack on school
तुर्काना क्षेत्रका आयुक्त सेफ माताताले भने, “लकिचोगो भन्ने गाउँमा रहेको उक्त विद्यालयमा भएको आक्रमणमा पाँच विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको घटनामा सुडानी एक सशस्त्र समूहको सहभागिता रहेको प्रारम्भिक आएकोे छ । 


विहान करिब ३ बजे भएको आक्रमणमा आवासीय भवनमा सुतिरहेका विद्यार्थीमाथि आक्रमण भएको थियो । घटनामा दक्षिण सुडानमा सक्रिय टोपोसा सशस्त्र समूहको सम्लग्नता रहेको आशङ्का गरिएको छ । 


उक्त घटनामा अन्य केही विद्यार्थीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ । घाइते विद्यार्थीको सङ्ख्या एकीन भएको छैन । घाइतेहरूको मोई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेका बताइएकोे छ । 

प्रकासित मिति

Loading...

 

yummyfood