tealaya add

austriya

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो ।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो ।

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ । क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए ।
घाइतेहरुलाई भेटेपछि कार्यवाहक राजदूत सापकोटाले मृतकहरुको बारेमा प्रहरीबाट जानकारी लिने प्रयास भइरहेको र घाइतेहरुलाई आवश्यक सहयोग पुयाउन दूतावास तयार रहेको बताइन् ।

मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...