tealaya add

 

एजेन्सी । ट्रकले ७ वटा मोटरसाइकललाई ठक्कर दिँदा ७ मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे अमेरिकाको न्यु हेमिस्फियर राज्यमा एक पिकअप ट्रकको ठक्करबाट सो घटना भएको हो।

रोडोल्फस्थित रुट २ बाट तीव्र गतिमा आइरहेको ट्रकले रुट १ विपरित दिशाबाट तीव्र गतिमै आइरहेका ७ वटा मोटरसाइकललाई ठक्कर दिएको जनाइएको छ ।ठक्करबाट घटनास्थलमै ७ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

पिकअप ट्रकका चालक २३ वर्षीय भोलोडिमिर जुकोभ्स्की हाल प्रहरीको नियन्त्रणमा छन्।सातवटा बाइकलाई ठक्कर दिएपछि ट्रकमा आगो लागेको थियो। न्यु हेमिस्फियर राज्यमा बाइक चालकले हेलमेट अनिवार्य लगाउनु पर्ने कानून छैन। त्यस कारण यहाँ धेरै बाइक चालकको ज्यान जाने गरेको बताइएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...