1478958692 banner ad format

 
 

नयाँदिल्ली- भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ।

Baba Raghabh Das Medical College 

गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। 

मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले सञ्चार मध्यमहरूसँग भने। 

यद्यपि स्थानीय केही सञ्चारमाध्यमहरूले गत ७२ घण्टाको अवधिमा ६१ जनाको मृत्यु भएको खबर लेखेका छन् । तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। 

विभिन्न अस्पतालहरूमा गत तीन हप्तामा ७० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ । अक्सिजनको अभावलगायतका विभिन्न समस्या र रोगहरूका कारण उनीहरूको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन्। 

प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले विहारको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालका समेत गरी सयौं विरामीलाई भेटेका छन्।
‘नेपाल, विहार र उत्तर प्रदेशको धेरै ठाउँमा भीषण वर्षा भएकाले अवस्था अझ नराम्रो हुन सक्छ, दैनिक धेरैभन्दा धेरै बालबालिका अस्पतालमा ल्याइएको छ,’ एक जना चिकित्सकले भने।

प्रकासित मिति

Loading...

 

yummyfood