annapurna add

FinCEN Files ICIJ 1920px 1536x864

विश्वका ठूला तथा शक्तिशाली बैंकहरुले शंकास्पद गतिविधि मार्फत खर्बौँ रकमको चलखेल गरेको चुहावट भएको कागजातबाट देखिएको छ ।

फिनसेन फाइल्सका अनुसार विश्वभरका शक्तिशाली बैंकहरुले खर्बौँ रकम शंकास्पद रुपमा कारोबार गरेका वा अरु खाताहरुमा पठाएको देखिएको छ । चुहावट भएका कागजातले विश्वका शक्तिशाली बैंकहरुले मनीलण्ड्रीङ्ग गरिरहेका छन् भन्ने पनि देखाएको छ । चुहावट भएका कागजातहरु अमेरिकाको फाइनान्सियल क्राइम्ज इन्फोर्समेन्ट नेटवर्क फिनसेनमा पेश गरिएको छ । यसमा सन् २००० देखि २०१७ सम्मको दुई खर्ब अमेरिकी डलर बराबरको कारोबार समेटिएको छ ।

फिनसेन फाइल्समार्फत बैंक तथा बैंकिङ्ग कारोबारका सम्बन्धमा २६ सय ५७ वटा कागजात सार्वजनिक भएको छ । त्यसमा २१ सय शंकास्पद गतिविधि भएका छन् । चुहावट भएका कागजातहरुले संगठित अपराध समूह, लागुऔषध ओसारपसार समूह, भ्रष्ट नेताहरु, आतंककारी समूहलाई सहयोग गर्नेहरु तथा मानवबेचबिखनमा सहभागीहरुका पैसा बैंकहरुले शंकास्पद रुपमा वैध बनाउने र शंकास्पद रुपमा सार्ने गरेको देखिएको छ ।

बैंकहरुले अवैध गतिविधिका रकमहरु नरोक्ने र सरकारले बैंकहरुलाई नरोक्ने गरेको देखिएको फिनसेनले देखाएको छ ।

पुरा प्रतिवेदन पढ्न यहाँ थिच्नुहोस :

fjasjsdjkslsnsnc

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...