immigrants kantipath

अमेरिका - नयाँ कानुनमा २ वर्षदेखि अमेरिकामा बस्दै आएको प्रमाणित गर्न नसके आप्रवासीहरुलाई तत्कालै देश निकाला गर्न सकिने व्यवस्था गरेको छ। अहिलेको कानुनी व्यवस्था अनुसार भने नियन्त्रण गृहमा दुई हप्ताभन्दा कम समय रहेका आप्रवासीहरुलाई देश निकाला गर्न सकिने प्रवाधान छ।

नयाँ कानुनले हजारौ मानिस प्रभावित हुने अधिकारवादीहरुले बताएका छन्। अमेरिकन सिभिल लाइबर्टीस युनियनले नयाँ कानुनले अदालतको नियमलाई समेत चुनौती दिने बताएको छ।

मेक्सिको सिमानामा रहेको नियन्त्रण गृहको अवस्थाका कारण अमरेकिकाले आफ्नो अप्रावासी निति परिवर्तन गरेको बताइएको छ। विश्लेषकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२०को चुनावमा पुन: आप्रवासी नियन्त्रणको विषयलाई आफ्नो मुख्य मुद्दाको रुपमा उठाउन सक्ने बताएका छन्।

पुरानो कानुनमा अमेरिकी भूमिमा दुईहप्ताभन्दा कम बसिरहेकाहरुलाई तत्कालै देशबाट निकाला गरिन्थ्यो। दुई हप्ताभन्दा बढी बस्नेहरुको हकमा भने अदालतले फैसला गर्थ्यो।

नयाँ कानुनले आप्रवासीहरुलाई कुनै कानुनी झन्झट बिनाजुनसुकै बेला देश निकाला गर्न सकिने व्यवस्था गरेको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमलेन्ड सेक्युरिटीले नयाँ नियमले अवैधानिक रुपमा भित्रिएका आप्रवासीहरुलाई हटाउन थप सहज हुने बताएको छ।

पिउ रिसर्ज सेन्टरका अनुसार अमेरिकामा करिब १ करोड ५ लाख आप्रवासीहरु कुनै डकुमेन्ट बिना नै बसोबास गरिरेहका छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...