नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीमा डीटीसी र क्लस्टर बस तथा मेट्रोमा महिलाका लागि निःशुल्क यात्राको व्यवस्था गरिने घोषणा गरेका छन् ।

arvind kejariwal kantipathnews

 केजरीवालले यो नियमलाई दुईदेखि तीन महिनाभित्र लागु गर्ने जनाएका छन् । उनले महिलाहरु टिकट किनेर नै यात्रा गर्न चाहन्छन् भने उनीहरुले त्यो पनि गर्न सक्ने तर यसका लागि लाग्ने खर्च दिल्ली सरकारले व्यहोर्ने समेत बताएका छन् ।

दिल्ली मेट्रोलाई यसबारेमा बताइसकिएको उनले जनाएका छन् । दिल्ली सरकारका अनुसार यो वर्ष सात सयदेखि आठसय करोड त्यसका लागि खर्च लाग्न सक्छ । यो खर्चपनि दिल्ली सरकारले नै व्यहोर्नेछ ।

दिल्लीमा सरकारी बसमा ४० लाख मानिसले यात्रा गर्ने र त्यसमा ३० प्रतिशत महिला रहेको मानिने बीबीसीले जनाएको छ ।
 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...