1478958692 banner ad format

 
 

श्रीनगर (भारत प्रशासित काश्मिर) । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 

Cable car accident

केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताए । कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताए । 

केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो ।

प्रकासित मिति

Loading...

 

yummyfood