1478958692 banner ad format

 
 

सान फ्रान्सिस्को - क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नरको कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ । 

California Wildfires1 min 1
आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या भइरहेको सो कार्यालयले जनाएको छ । हामी आगलागीको सङ्कटलाई अलिकति पनि नियन्त्रण गर्न नसकिएको उक्त कार्यालयका निर्देशक मार्क गिलार्डुसीले बताए ।

 
आगलागी नियन्त्रणका लागि करिब नौ हजार अग्नी नियन्त्रक खटाइएको र उनीहरूले अनवरत रूपमा खटिरहेको उन ले बताए । 
गत आइतबार शुरु भएको डढेलोले वनक्षेत्र सहित करिब ९० हजार हेक्टर जमिनमा विनास गरेको र करिब छ हजार भौतिक संरचनालाई खरानीमा परिणत गरेको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood