chandrayan kantipath

काठमाडौं । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो ।

यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण गर्ने लक्ष्य रहेको चन्द्रयान–२ को प्रक्षेपण मिति चारपटक सारिएको थियो छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले यसअघि चन्द्रयान–२ मा देखिएको सबै प्राविधि गडबडी सुधारिएको र प्रक्षेपण गरिएको जनाएको छ ।
चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखका दिन चन्द्रमामा पुग्ने बताइएको छ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान–२ ले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।

सूर्यको प्रकाश बढी भएको चन्द्रमाको दक्षिणी क्षेत्रमा यो चन्द्रयान–२ ले अवतरण गर्नेछ । उक्त क्षेत्रमा सेप्टेम्बर २१ देखि सूर्यको प्रकाश कम हुँदै जाने भएकाले उक्त समयभन्दा १५ दिन अगावै चन्द्रयान–२ चन्द्रमामा पुग्नु पर्ने छ ।

चन्द्रयान–२ लाई भारतको शक्तिशाली रकेट जीएसएलवी मार्क–३ मार्फत प्रक्षेपण गरिनेछ । यो चन्द्र्रयान–को तौल ३ हजार ८ सय ७७ किलो रहेको छ । चन्द्रयान–१ अभियानभन्दा यसको तीन गुणा बढी तौल हो ।

चन्द्रयान–२ मार्फत चन्द्रमामा पठाइएका यन्त्रहरु अर्बिटर, ल्याण्डर तथा रोवरले चन्द्रमा सम्बन्धी विभिन्न खोजअनुसन्धान गर्नेछन् ।

अर्बिटरले चन्द्रमाको सतहको नक्शा तयार गर्नुका साथै चन्द्रमाको अस्तित्व र विकासबारे खोज गर्ने छ । यस्तै ल्याण्डरले चन्द्रमामा भूकम्प आउँछ वा आउँदैन भनेर पनि यो अभियानमा अनुसन्धान गरिनेछ । यसका साथै रोवरले चन्द्रमाको सतहमा खनिज तत्वकाबारे खोज गर्नेछ ।

चन्द्रयान–२ का पाँच रोचक तथ्य :

१. भारतका लागि यो दोस्रो चन्द्र मिशन हो। चन्द्रमाको सतहमा मानव पाइला परेको अभूतपूर्व घटनाको ५० औं वार्षिकोत्सव मनाइँदै गर्दा भारतले चन्द्रयान–२ को प्रक्षेपण गरेको हो। निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको गत शनिबार ५० वर्ष पुग्यो।

२. भारतको पहिलो मार्स सेटेलाइटको लागत स्पेस विज्ञानमा आधारित चलचित्र 'ग्र्याभिटी' को कूल लागतभन्दा कम थियो। चन्द्रयान–२ को लागत १४.१ करोड अमेरिकी डलर हो, जुन अमेरिकाको अपोलो मिशनभन्दा २५ अर्ब डलरले कम हो।

३. भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ प्रक्षेपण गरेको थियो। उक्त मिशनले चन्द्रमामा पानीको खोज गर्ने लक्ष्य राखेको थियो। उसले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएको थियो। चन्द्रयान–२ को लक्ष्य पानी र जीवको सम्भावनाबारे अध्ययन गर्नु हुनेछ।

४. पृथ्वी र चन्द्रमाको औसत दुरी ३,८४,००० किलोमिटर छ। चन्द्रयान–२ आजको ४८ दिनपछि चन्द्रमामा अवतरण गर्नेछ। साढे ९ सय किलोमिटर प्रतिसेकेन्डको गतिमा रहेको चन्द्रयान-२ ले चन्द्रमा र पृथ्वीबीचको ३ लाख ८४ लाख किलोमिटरको दुरी पुरा गर्न आगामी अगस्ट १३ सम्म लगाउनेछ।

५. चन्द्रयान–२ को प्रक्षेपणले भारतको अन्तरिक्ष मिशनप्रति बढ्दो महत्वाकांक्षालाई दर्शाउँछ। अन्तरिक्ष मिशन प्रधानमन्त्री नरेन्द्र मोदीको खास प्राथमिकतामा परेको क्षेत्र हो। भारतले इतिहासमै पहिलोपटक चन्द्रमाको सतहमा यान पठाउने योजना बनाएको हो। यो मिशन सफल भएमा यो भारतको लागि निकै ठूलो उपलब्धि हुनेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर