1478958692 banner ad format

 
 

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिए । 

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो । 

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएको समाचारमा जनाइएको छ । 

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ । 

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood