annapurna add

moldo talk

चीन र भारतका सैन्य कमाण्डरहरु सीमा विवाद सुल्झाउन वार्तामा बसेका छन् । लामो समयपछि शनिबार मध्यान्ह उनीहरु वार्ताको टेबलमा बस्न राजि भएका हुन् । पछिल्लो केही महिनादेखि भारत र चीनका सैनिकहरुबीच लद्दाख लगायत सीमा क्षेत्रमा झडप गर्दै आएका थिए । यस क्रममा कैयौँ घाइते समेत भएका छन् । सीमा विवाद थप तनाबमय बन्ने देखिएपछि दुई देशका सेना वार्ताका लागि तयार भएका हुन् ।

उनीहरु शनिबार ११ बजे पश्चात मोल्डोमा छलफल गरेका हुन् । भारतीय सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र उनका चिनियाँ समकक्षीसँग सीमा बिन्दुमा शनिबार बिहान साढे ८ बजे भेटवार्ताको तालिका थियो । तर पछि तालिका परिवर्तन भइ साढे ११ बजे भेट्ने तय भयो । तर चीनले वार्तामा समकक्षी नभएर केहि तल्लो स्तरका सेनालाई वार्तामा पठाएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । उसले वार्तामा तिब्बत जिल्ला सेना प्रमुखलाई पठाएको थियो ।

भारत र चीनका राजदुतहरुले भिडिओ वार्ता सम्पन्न गरेपछि दुई सेनाबीच वार्ताको तयारी भएको हो । शुक्रबार दुई देशका राजदूतहरुले सीमा लगायत विषयलाई लिएर भिडिओ वार्ता गरेका थिए । वार्ता सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा केन्द्रित भएको थियो । यद्यपि भारतीय सुरक्षा विज्ञहरु यसैलाई निर्णयक वार्ताको रुपमा मान्न तयार छैनन् । भारत र चीनबीच २०१७ मा पनि सीमा क्षेत्रमा लामो समय भिडन्त भएको थियो । २०२० मा भएका झडपले पनि दुई देशबीच थप दुश्मनी बढाएको थियो । चरणवद्ध रुपमा गर्ने भनिएको वार्ताको पहिलो चरण मै चीनले तल्लो स्तरको सेना पठाएको भन्दै भारत चिढिएको छ । वार्तामा सहभागी दुवै तली प्रमुखले अब आफ्ना आफ्ना सेना प्रमुखलाई रिपोर्ट गर्नेछन् ।

केहि दिन अघि चीनका सेनाले भारतीय सेनाको एक टोलीलाई नियन्त्रणमा लिएको थियो । भारत-चीन सीमा क्षेत्रमा गस्ती गरिहेको भारतीय सेनालाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एक टोलीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनुसार गत बुधवार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको बताइएको छ । चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी) को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रण लिएको केहि समयपछि नै चिनियाँ सेनाले भारतीय सेनालाई छोडिदिएको जनाएको छ । पछिल्लो समय भारत र चीनबीच सीमा बारे विवाद बढ्दै गएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...