tealaya add

 

30 13

अमेरिका। अमेरिकाले चिनियाँ सुपरकम्प्युटरको क्षेत्रमा काम गरिरहेका कम्पनीलाई कालोसूची (इन्टिटी लिस्ट) मा राखेको छ । यससँगै उनीहरूले अमेरिकाको विशेष अनुमतिविना अमेरिकी कम्पनीसँग सामग्री खरीद गर्न नपाउने भएका छन् । अमेरिकी सैन्य एप्लिकेशनमा सुपरकम्प्युटिङको काम गरिरहेका उक्त कम्पनी मुलुकको राष्ट्रिय सुरक्षाका लागि जोखिम रहेको अमेरिकाको वाणिज्य मन्त्रालयले बताएको छ ।

अमेरिकी विभागले पाँच चिनियाँ समूहलाई उक्त सूचीमा समावेश गरेको छ । अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकाले चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्ने क्रम जारी छ । अमेरिकाको कालोसूचीमा पर्ने चिनियाँ समूहमा सुकोन, वुसी चियाङनान इन्स्टिच्युट अफ कम्प्युटिङ टेक्नोलोजी, हिकोन, छेङतु हाइक्वाङ इन्टिग्रेटेड सर्किट र छेङतु हाइक्वाङ माइक्रोइलेक्ट्रोनिक्स टेक्नोलोजी छन् । चीनले निर्माण गरिरहेको सैन्य एप्लिकेशनमा सुरक्षाको जोखिम रहेको अमेरिकाले बताएको हो ।

अमेरिकाका अनुसार वुसी चियाङनान इन्स्टिच्युट अफ कम्प्युटिङ टेक्नोलोजी चाइनाज पिपुल्स लिबेरेशन अद्दार्मीको स्वामित्वमा छ । यसको उद्देश्य चीनको सैन्य आधुनिकीकरणलाई सहयोग पुर्याउनु रहेको अमेरिकाले आरोप लगाएको छ ।यस विषयमा चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गत मेमा अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेईलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

अहिले अमेरिका, चीन, यूरोपेली संघ (ईयू) र जापानले विशेष क्षमताको एक्साफ्लप क्यापेबल सुपरकम्प्युटर निर्माण गरिरहेका छन् । गत मार्चमा अमेरिकाले इन्टेल र सुपरकम्प्युटर क्रे कम्पनीसँग सहकार्य गरेर सन् २०२१ सम्म मुलुकको सबैभन्दा छिटो सुपरकम्प्युटर निर्माण गर्ने घोषणा गरेको थियो । एजेन्सी

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...