tealaya add

बेइजिङ- जेलमा हुदै नोबेल पुरस्कार पाएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ। 

Chinese citizen Liu siabo

गत मे महिनाको २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो। कलेजोको क्यान्सरबाट पिडित उनलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त भएका उनका वकीलले एएफपीलाई सोमबार जानकारी दिए। 

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे। 

लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उनले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि पुरा गरेका छन्। 

लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघिदेखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको छ।

‘उहाँसँग कुनै विषेश योजना छैन, केबल आफूलाई लागेको रोगको उपचार गर्नुहुनेछ,’ उनका वकील मो साओपिङले भने। 

अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए । 

उनी सन् २००९ देखि जेल जीवन बिताइरहेको र जेलमै रहेका वेला एक बर्षपछि पुरस्कृत भएका थिए। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...