1478958692 banner ad format

 
 

कायरो (इजिप्ट) । इजिप्टको दक्षिणी मिन्था प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको समुहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाइृ आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा सोही बसका २३ जना घाइते भएका छन् । 

Christian interfaith attack

दुई वटा कारमा करिब १० जनाको समूह आएर कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्री (मठ) तर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाउँदा २५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सिन्ह्वा संवाददाताले जनाएका छन् । 

स्रोतले बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका पुष्टि गरेको छ । घटनाप्रति कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन । 

इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास रहेको छ । गत डिसेम्बरदेखि उनीहरु इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् । 

यसअघिका क्रिस्चियन धर्मावलम्बीमाथि भएका आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएका थिए । पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी आएको थियो । 

आक्रमण इजिप्टको शान्ति र स्थायित्वमाथिको आक्रमणमाथिको आक्रमण भएको इजिप्टको शून्य समूह शेख अल अजारका महमद अल तैयवले बताउनुभयो । उहाँले इजिप्टवासीलाई यस्ता जघन्य आतङ्कवादी आक्रमणविरुद्ध उक भएर मुकाविला गर्न आग्रह गरे ।

प्रकासित मिति

Loading...