alexandira

सांसदलाई गोली हान्नुपर्ने भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक जना प्रहरी अधिकारी र लाइक गर्ने उनका सहयोगी बर्खास्त भएका छन् । अमेरिकाकी कान्छी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेज लाई गोली हान्न पर्ने भन्दै फेस्बुकमा स्ट्याटस लेख्ने ग्रेटना प्रहरी विभागका प्रहरी अधिकारी चाल्र्स रिस्पोली बर्खास्तमा परेका हुन्।

उनले गएको विहीबार फेसबुकमा स्ट्याटस लेखेका थिए। उनको स्ट्याटस लाइक गर्ने एन्जेलो भरिस्कोलाई पनि कारवाही गरिएको इन्टरनेसनल इन्भिस्टीगेसन प्रमुख अर्थर लसोनले पत्रकार सम्मेलनमा बताएका छन्। उनीहरुलाई हिजो सोमबार बर्खासीको निर्णय गरिएको हो।

उनले पत्रकार सम्मेलनमा ती प्रहरी अधिकारीले गैरव्यवसायिक रुपमा टिप्पणी गरेको जनाएका छन्। अमेरिकी राष्ट्रपतिले कोर्टेज लगायतका चार सांसदका विरुद्धमा हालै आक्रोश पोखेको लगत्तै प्रहरी अधिकारीले पनि एक जना सांसदमाथि आक्रोश पोखेका हुन्।

उनले केही अघि सुरक्षा निकायका लागि बढी बजेट छुट्याएको भनेर आलोचना गरेकी थिइन्। त्यसैगरी आप्रवासनको बारेमा राष्ट्रपतिले लिएको नीतिको पनि उनी कट्टर आलोचक हुन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर