annapurna add

चीनमा राष्ट्रपति सी जिनपिङका आलोचकको रुपमा चिनिने प्राध्यापक तथा लेखक जु झंगरुनलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानी बेइजिङस्थित जुको निवासबाटै प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।

सिघुवा युनिभर्सिटीका कानुनका प्राध्यापक जु राष्ट्रपति सीका कट्टर आलोचकको रुपमा चिनिन्छन् ।

जुको एक पुस्तक गत महिना अमेरिकाबाट प्रकाशित भएकको थियो । जहाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीको कडा आलोचना गरिएको छ ।

सोही पुस्तकका कारण प्राध्यापक जुलाई पक्राउ गरिएको बताइन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...