Bomb kantipath

काठमाडौं । पछिल्लो समय सरकारलाई नै चुनौती दिँदै शक्तिशाली बम बिस्फोट तथा गोली हानाहान जस्ता घटनाहरु बढ्दै गईरहेका छन । यस्ता जन मानसलाई नै झस्काउने ठुला घटनाहरुले मानिसहरुको दैनिक दिनचार्यमा त्रास फैलिएको छ । यस्तै समाचार बाहिर आइरहेका बेला फेरी रक्षा मन्त्रालयकाे भवन नजिकै आत्मघाती बम विस्फोट भएको छ । अफगानस्तानको राजधानी काबुल स्थित रक्षा मन्त्रालय कार्यालय भवनको अगाडी भएको बम बिस्फोटमा परी १० जनाको ज्यान गएको त्यहाका सन्चारमाध्यमहरुले जनाएका छन ।

उक्त भयानक बिस्फोट मा परी दर्जनौ घाइते भएका छन । सोमबार भएको उक्त हमलाको तालिबानी लडाकु समुहले जिम्मा लिएको छ । व्यस्त सडकमा यस्तो हमला भएको थियो । प्रहरी अधिकारी मोहम्मद कारिमका अनुसार उक्त हमला रक्षा मन्त्रालयकै अगाडि गराइएको थियो । तालिबानी समुहले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको हो । तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा हमला आम नागरिकप्रति नभएर सैनिकहरुप्रति लक्षित गरिएको बताइएको छ ।

सयुक्त राष्ट्रसंघ तथा केही गैरसरकारी संस्थाहरुले उक्त घटनामा मारिएका र घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै तालिबानी समुहको आलोचना गरेका छन् । त्यस्तै भारतको  जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको ज्यान गएको छ । जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो । दुर्घटनामा सात जना गम्भीर घाइते रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खसेको स्थानीय प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यसअघि सोमबार मात्रै भारतको महाराष्ट्र प्रदेशको पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको थियो । ठूलो वर्षाका कारण पुणेको कोढवामा घरको पर्खाल भत्किएको हो । घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको अधिकारीहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुर रहेको दैनिक जागरणले उल्लेख गरेको छ । निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथि पर्खाल भत्किएको थियो ।

अहिले उद्धार र राहत कार्य जारी रहेको छ । पछिल्लो केही घण्टादेखि मुम्बईलगायत महाराष्ट्रका धेरै ठाउँमा भारी वर्षा भैरहेको छ । यसैबीच अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै डबल इन्जिनसहितको किङ्ग एयरको विमान दुर्घटना भएको हो । विमानस्थलकै ह्यांगरमा ठोक्किएर विमान दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्यांगरमा रोकिएपछि विमानमा आगलागी भएको थियो । विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगे पनि कसैलाई बचाउन नसकेको बताइएको छ ।

यस्तै भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो । गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताए ।

निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ । नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ । उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ । विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

सञ्चारकेन्द्र

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...