1478958692 banner ad format

 
 

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यसम्ममा राजीनामा दिने आँकलन उनी निकट एक पत्रकार एवं लेखकले गरेका छन् ।

U.S. President Donald Trump min

ट्रम्पका लागि पुस्तक लेखनमा सघाइसकेका पत्रकार एवं लेखक टोनी श्वार्टजले यस वर्षको अन्त्यसम्ममा राष्ट्रपति ट्रम्पले राजीनामा दिने बताएका हुन् ।

उनले १६ र १७ अगस्टमा राष्ट्रपति ट्रम्पको राजीनामाबारे ट्वीट गरेका छन् । एउटा ट्वीटमा उनले भनेका छन्, ‘अर्को वर्ष पनि ट्रम्प राष्ट्रपति रहिरहेमा मलाई आश्चर्य हुनेछ ।’

यसैबीच अमेरिकी सिनेटर बब कार्करले पनि राष्ट्रपतिका रुपमा ट्रम्पको क्षमतामाथि प्रश्न उठाएका छन् । ट्रम्पमा अमेरिकाको नेतृत्व गर्ने क्षमता र संयम नरहेको उनको भनाइ थियो ।

अमेरिकी पूर्व उपराष्ट्रपति अल गोरले प्रष्ट शब्दमै ट्रम्पले राजीनामा दिनु पर्ने बताएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन्, ‘ट्रम्पलाई मैले एउटामात्रै सल्लाह दिने हो भने निश्चय नै म उनलाई राजीनामाका लागि सल्लाह दिन्छु ।’

पछिल्लो समय उत्तर कोरियासँगको तनाव, रुससँगको सम्बन्ध, इरानसँगको सम्बन्ध लगायतका विभिन्न मुद्दामा ट्रम्पको आलोचना बढ्दै गएको छ । ट्रम्पले आफ्नो प्रशासनमा समेत बारम्बार हेरफेर गर्दै आएका छन् । धेरैले उनलाई अदुरदर्शी नेताका रुपमा लिन थालेका छन् ।

यस्तो अवस्थामा ट्रम्पले पुरा कार्यकाल अमेरिकाको नेतृत्व गर्नेमा आशंका स्वाभाविक रुपमा उब्जिन थालेको छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

yummyfood