donald

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्‍को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने जनाएको छ।

संसद्‍को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्।

अघिल्लो हप्ता समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए।ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने खुलाएको छैन।

अहिलेसम्म मिति तय नभइसकेको उक्त सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ।पोलिटिकोले छापेको उक्त पत्रमा संसद्‍को समितिले अनुसन्धानका क्रममा पूर्णरूपमा नियमित प्रकियालाई पालना नगरेको र आधारभूतरूपमा निष्पक्षता सुनिश्चित नगरेको उल्लेख गरिएको छ।

ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको समेत बताएको छ।बुधवार महाभियोगसम्बन्धी सुनुवाइ दोस्रो चरणमा पुग्नेछ।

त्यो सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुनेछ।

उक्त फोन कुराकानीमा ट्रम्पले जेलेन्स्कीलाई डेमोक्र्याटका अग्रपङ्क्तिका उम्मेदवार जो बाइडन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टरविरूद्ध अनुसन्धान गर्न आग्रह गरेका थिए।ट्रम्पले आफूले गल्ती नगरेको र आफूविरुद्ध प्रतिशोध साँधिएको बताउने गरेका छन्।

अघिल्लो हप्ता संसद्‍को गुप्तचरी हेर्ने समितिले प्रत्यक्षदर्शीहरूसँगको गोप्य बयान र दुई हप्तादेखि भइरहेका सार्वजनिक सुनुवाइहरूलाई टुङ्गोमा पुर्‍याएको थियो।त्यसबारेको प्रतिवेदन डिसेम्बर ३ मा सार्वजनिक गरिने छ।

न्यायपालिकासम्बन्धी समितिले राष्ट्रपतिले गरेका गलत कामहरू समेटिएको महाभियोगसम्बन्धी दफाहरू डिसेम्बरको सुरुबाट मस्यौदा गर्न थाल्ने ठानिएको छ।सुरुमा डेमोक्र्याटहरूको कब्जामा रहेको तल्लो सदनमा मतदान गरेपछि यसबारेको प्रस्ताव रिपब्लिकनहरूको नियन्त्रण रहेको सिनेटमा पेस हुनेछ।

सिनेटमा दुई तिहाइ बहुमतबाट उनी दोषी ठहर भए ट्रम्प महाभियोग प्रक्रियाबाट पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।तर त्यस्तो परिणामको सम्भावना एकदमै न्यून रहेको बताइन्छ।

एक वर्षसम्म नकुहिने नयाँ स्याउ

apple
दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ।

कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो।'दह्रो, कुरकुरे र रसिलो स्याउ' प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ।

वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म सो स्याउ उत्पादन गर्न विशेष अनुमति दिइएको छ।
उक्त स्याउको विकास कार्यक्रमको सह-नेतृत्वकर्ता केट इभान्सले भनिन्, "यो कुरकुरे स्याउ हो र यो अन्य प्रकारका स्याउभन्दा दह्रो पनि छ, यसमा गुलियो र अमिलो ठिक्क मिलेको छ र यो असाध्यै रसिलो छ।"

उनले सो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य अवस्थामा रहने बताइन्।

स्याउको मूल्य
अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन्। यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन्।

यो जातको स्याउलाई पहिले डब्ल्यूए ३८ भनिए पनि यसको गाढा रातो बोक्रामा ससाना सेता थोप्लाहरू भएका कारण यसलाई कस्मिक क्रिस्प नाम दिइएको हो।

वाशिङ्टन अमेरिकी बजारमा सबैभन्दा धेरै स्याउ पठाउने राज्य हो तर यसको सबैभन्दा प्रसिद्ध गोल्डेन डेलिसिअस र रेड डेलिसिअस जातलाई पिङ्क लेडी र रोयल गाला जातले कडा टक्कर दिने गरेका छन्।

अमेरिकामा केरापछि सबैभन्दा बढी बिक्री हुने फल स्याउ हो।उक्त प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको समाचारहरूमा जनाइएको छ। बिबिसी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर