1478958692 banner ad format

 
 

 मेक्सिकोमा ७.१ म्याग्निच्युटको भूकम्प गएको छ । उक्त भूकम्पमा परि हालसम्म ११६ जनाले ज्यान गुमाइसकेको समाचार संस्था सिएनएनले बताएको छ ।

भूकम्पले राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ । भत्किएको घरमा मानिसहरु लगायत जनावरहरु पुरिएको आशंका गरिएको छ । उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन् ।

भूकम्पको झट्का राजधानी मेक्सिको सिटीमा समेत महसूस गरिएको थियो। भूकम्पका कारण भवनहरु खाली गराइएको छ ।

भूकम्पको केन्द्रबिन्दू पुएब्ला राज्यमा रहेको छ । मेक्सिकोमै सेप्टेम्बर पहिलो साता ८.१ म्याग्निच्युडको भूकम्प जाँदा यहाँ कम्तिमा ९० जनाको मृत्यु भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood