tealaya add

काठमाडौँ - मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर दक्षिण अमेरिकी देश पेरुमा ८ म्याग्नेच्यूडको भूकम्प गएको छ । 

Earthquake of Peru

भूकम्पबाट मानवीय क्षतिको विवरण आइनसके पनि भौतिक क्षति भने ठूलो मात्रामा भएको जनाइएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठुलो बताइएको छ ।

ठूला साना सडकहरु प्रयोगमा नआउने गरी ध्वस्त भएका छन् भने गगनचुम्बी भवनहरु भूकम्पबाट भत्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहहरुले जनाएका छन् । कति सडक भासिएका छन् भने कतिमा धाँजा फाटेको छ ।

कयौं शहर गाउँमा विद्युत आपूर्ति विच्छेद भएको छ ।

 भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महशूस गरिएको थियो । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...