china

चीन - चीनको सिचुआन प्रान्तमा स्थानीय समयानुसार आज बिहान ८ बजेर २ मिनेटमा गएको भुकम्पमा परी अहिलेसम्म १ सय २ जनाको ज्यान गएको छ भने २ हजार २ सय भन्दा बढी घाइते भएका जसमध्ये १ सय ४७ जना गम्भिर घाइते भएका छन् ।

१ सय ४७ जनाको अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या थपिन सक्ने तथा केही मानिस भग्नावशेसमा पुरिएका हुन सक्ने र त्यहाँ पनि मानिसहरू मृत भेटिन सकिने सम्भावना रहेको बताइएको छ ।

७ बैशाख, एजेन्सी । चीनको सिचुआन प्रान्तमा गएको भुकम्पमा परि कम्तिमा ५६ जनाको मृत्यु भएको छ भने कम्तिमा ६ सय जना घाइते भएका छन् ।


चीनको सिचुआनको लेसानलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्प ६.६ रेक्टर स्केलको भएको बताइएको छ । उक्त भूकम्पको गहिराई १२.३ किलोमिटर रहेको बताइएको छ । स्थानीय समयानुसार बिहान ८ बजेर २ मिनेट जाँदा भूकम्प गएको थियो ।


याआनबाट १ सय ४० किलोमिटर टाढा रहेको सिचुवानको राजधानी चेङ्गदुलगायत स्थानका बासिन्दाले करिब २० सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेको बताइएको छ । भूकम्पमा परेकाहरुको उद्धारका लागि करिब दुई हजार सैनिक, उद्धारकर्मी तथा प्रहरी खटिएका छन् ।


चीनको सिचुवानमा सन २००८ मा ८ रेक्टर स्केलको भूकम्प जाँदा करिब ९० हजारको मृत्यु भएको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर