paniii kantipath

काठमाडौँ । मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ । मुम्बईका लागि उडेका ५५ हवाई जहाजलाई अन्यत्रै पठाइएको छ ।

५२ उडान रद्द गरिएको छ । वर्षा शुक्रबारसम्म जारी रहने जनाइएको छ । भारी वर्षाका कारण मुम्बईमा जनजीवन कष्टकर बनेको छ । शहरका विभिन्न भागमा पानी जमेका कारण मेट्रो र रेल–वे सेवासमेत अवरुद्ध बनेको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका कारण क्याम्पस तथा विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन् । पानीका कारण कयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

प्रतिघण्टा २० मिलिमिटरका दरले आएको पानी घर–घरमा पसेकाले अधिकांश मानिसका सरसामान नष्ट भएका छन् । तीन दिनदेखि लगातारको वर्षाका कारण जमेको पानी पन्छाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सम्भव नभएको उद्धारकर्मीहरुले जनाएका छन् । मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलको मूख्य धावनमार्गसमेत बन्द भएको छ । विमानस्थलको वैकल्पिक धावनमार्गबाट विमान उडान र अवतरण भइरहे पनि कयौं उडान प्रभावित भएको छ । वर्षा प्रभावितहरुलाई सुरक्षित रहने अपील गरिएको छ ।

मुम्बईमा हरेक बर्ष भारी वर्षाका कारण जनधनको क्षति हुने गरेको छ । यसैबिच मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ महिनाकी छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीकारुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुवैको गत जुन २३ मा मृत्यु भएको थियो । उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् ।

साल्भाडोरका सन्चारमाध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुवैको दाहसंस्कार गरिएको हो । परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन । सन्चारमाध्यमहरुकाअनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।

ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले दुवैको शव रियो ग्रान्डे नदीको मेक्सिकोतर्फको किनारामा जुन २४ मा फेलापारेका थिए । छोरी भ्यालेरीको शव भने बाबुको शर्टमा बाँधिएको अवस्थामा भेटिएको थियो । ओस्कार र भ्यालेरीको शव आइतबार मेक्सिकोबाट सान साल्भाडोर ल्याइएको थियो । मार्टिनेज र उनकी पत्नी सान–साल्भाडोरको एक रेस्टुराँमा काम गर्दथे । तर, उनीहरु संयुक्तराज्य अमेरिकामा राम्रो अवसरको खोजीमा गत अप्रिलमा मेक्सिको प्रस्थान गरेका थिए र रियो ग्रान्डे नदी पार गरेर अमेरिका प्रवेश गर्न चाहन्थे । यस्तै दुःखद् घटना यसअघि पनि भएका छन् ।

गत जुन २५ मा पनि रियो ग्रान्डे नदीमै एक व्यक्तिको शव फेलापरेको थियो । यस वर्ष थुप्रै व्यक्ति नदीमा डुबिसकेका छन् । अमेरिकी सीमा प्रशासनले सन् २०१८ मा २८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । तर, अधिकारकर्मीहरुले मृत्यु हुनेको वास्तविक संख्या अझ बढी रहेको दाबी गरेका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर