1478958692 banner ad format

 
 

नयाँ दिल्ली -  उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । 

elephants died

आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । 

भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ ।

आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताए  । 

सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र पाँच हजार ६२० वटा हात्ती रहेका छन् । 

भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो सङ्ख्या बढी हो । आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताए । 

प्रकासित मिति

Loading...

 

yummyfood