sirya

सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् ।मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ ।सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन ।

त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिए ।

कारबाहीमा पाँच तालबानी लडाकू मारिए

अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सेना (एएनए) ले आइतवार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारबाही गरेको थियो । उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा अफगान वायुसेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानहरूमा उग्रवादीहरूको आखाडालाई लक्ष्यगरी गरेको हवाई कारबाहीका क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए ।

यस कारबाहीको क्रममा केही हतियार र गोलीहरू समेत ध्वस्त गरिएको बताइएको छ । एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतवारदेखि तालिबानहरुले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरणहरू (आईईडी) फेला पारेर सुरक्षित विस्फोट गरेका थिए ।

सेनाका जवानहरूले स्थानीय गाउँलेहरुको अनुरोधमा १.२ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन् । अफिम खेतीका लागि प्रख्यात हेलमाण्ड प्रान्तमा तालिबानीको बलियो प्रभाव रहेको छ ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूहरूविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन । तालिबानी लडाकू समूहले हालसम्म यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...