1478958692 banner ad format

 
 

नयाँ दिल्ली । भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो । 

Environment Minister Anil Madhav Dave min

आधिकारिक स्रोतका अनुसार ६० वर्षीय दवेलाई आफू निवासस्थित बिहीबार विहान केही असहज महसूस भएपछि राज्यद्वारा सञ्चालित अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स (एम्स) मा लगिएको थियो । 

उपचारको क्रममा एम्समा नै उहाँको निधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

दवेआवद्ध रहेका भारतीय जनता पार्टीले निधनको पुष्टि गर्दै विस्तृत विज्ञप्ति प्रकाशित गरेको छ । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुर्खजीले गहिरो दुख व्यक्त गरेका छन । 

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहकर्मीको आकस्मिक निधनबाट आफू स्तब्ध भएको बताए |

दवेको निधन आफ्नु निजी नोक्सानसमेत भएको मोदीले बताए। ‘अनिल माधव दवेजीलाई आमनागरिक समर्पित कार्यकर्ताको रुपमा भविष्यमा सम्झना गरिने छ ।’ 

अविवाहित दवे सन् २००९ मा राज्यसभाका सदस्य रहेका गत वर्षबाट वातावरण, वन र जलवायु परिवर्तन विभागको स्वतन्त्र कार्यभार सम्हाल्दै आएका थिए ।

प्रकासित मिति

Loading...