fake news

संयुक्त राष्ट्रसंघले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचार नियमन गर्न १ करोड ८० लाख पाउन्डड स्टर्लिङ बजेट व्यवस्था गर्ने भएको छ। यो पैसा करिब साढे दुई अर्ब नेपाली बराबर हो।

 पश्चिमी बाल्कन क्षेत्रमा झूटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ। उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षाकोषबाट लिई आगामी तीन वर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताए ।

विश्वका जम्मा १०% सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ’, बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेका छन्। 

समुदायमा दबिएका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने हन्टले बताए। सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधी अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ।

बेलायतले यसै साता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलन आयोजना गरेको केही दिनपछि भ्रामक समाचारविरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो। 

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...