annapurna add

world ordfer changedसोभियत संघ सन् १९२२ देखि १९८१ सम्ममा यूरेशियाको ठुलो भूभागमा विस्तृत एक देश थियो । त्यो आफ्नो स्थापना देखी १९९० सम्म साम्यवादी पार्टी (कोम्युनिस्ट पार्टी) द्वारा शासित रह्यो। संवैधानिक रूपबाट सोभियत संघ १५ स्वशासित गणतन्त्रहरूको संघ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रण रह्यो। रूसी सोभियत संघीय समाजवादी गणतन्त्र ( Russian Soviet Federative Socialist Republic) यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, सांस्कृतिक र आर्थिक केंद्र थियो, यसकारण पुरै देशको गहिरो रूसीकरण भयो। यही कारण रह्यो कि, विदेशमा पनि सोभियत संघलाई प्रायजसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

इतिहास
सोभियत संघको स्थापनाको प्रक्रिया १९१७ को रूसी क्रान्तिको साथ शुरू भएको थियो। जसमा रूसी साम्राज्यको जार (सम्राट)को सत्ताबाट हटाइयो। भ्लादिमीर लेनिनको नेतृत्वमा बोल्शेविक पार्टीले सत्तामा कब्जा गर्यो।तर बोल्शेभिक-विरोधी श्वेत मोर्चे (White movement)को साथ गृह युद्धमा फँस्न पुग्यो। बोल्शेभिकको लाल सेनाले गृह युद्धको दौरान यस्तो पनि केही राज्यहरूमा कब्जा गर्यो जसले त्सारको पतनको फायदा उठाकर रूसबाट स्वतन्त्रता घोषित गरेको थियो। डिसेम्बर १९२२मा बोल्शेभिकको पूर्ण जीत भयो र उनले रूस, युक्रेन, बेलारुस र कॉकस क्षेत्रको मिलेर सोभियत संघको स्थापनाको घोषणा गरिदिए।

संक्षिप्त इतिहास
अप्रिल १९१७ : लेनिन र अन्य क्रान्तिकारी जर्मनीबाट रूस फिर्ता।

अक्टुबर १९१७ : बोल्शेविकद्वारा आलेक्सान्द्र केरेंस्कीको सत्ता पलट र मस्कोमा अधिकार।

१९१८ - २० : बोल्शेभिक र विरोधि गृहयुद्ध।

१९२० : पोल्याण्ड संग युद्ध

१९२१ : पोल्याण्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।

१९२२ : रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६ बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत संघको स्थापना।

१९२२ : जर्मनीद्वारा सोवियत संघलाई मान्यता प्रदान।

१९२४ : सोवियत संघमा प्रोलिटैरिएट तानाशाहीको नयाँ संविधान लागू। लेनिनको मृत्यु। जोसेफ स्टालिनद्वारा सत्ता ।

१९३३ : अमेरिकाद्वारा सोवियत संघको मान्यता प्रदान।

१९३४ : सोवियत संघ लिग अफ नेसंसमा सहभागी।

अगस्ट १९३९ : द्वितीय विश्वयुद्ध आरम्भ ।

जून १९४१ : जर्मनीद्वारा सोवियत संघ माथि हमला ।

१९४३ : स्टालिनग्रादको युद्धमा जर्मनीको हार।

१९४५ : सोवियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनी र पश्चिमी जर्मनी निर्माण। जापानको आत्मसमर्पण र द्वितीय विश्वयुद्धको समाप्ति।

१९४८-४९ : बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोवियत सेनाबीच तनातनी।

१९४९ : सोवियत संघद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।

१९५०-५३ : कोरियाली युद्ध ; सोवियत संघ र पश्चिम बीच सम्बन्धमा तनाव।

मार्च १९५३ : स्टालिनको मृत्यु। निकिता ख्रुश्चेव कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।

१९५३ : सोवियत संघले आफ्नो पहिलो हाइड्रोजन बम ।

१९५५ : वार्सा सन्धि।

१९५६ : सोवियत सेनाले हंगेरी को विद्रोह दमन। मध्य पुर्वमा स्वेज संकट

१९५७ : पहिलो अन्तरिक्ष यान स्पूतनिक धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिम संग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।

१९६० : सोवियत संघले अमेरिकाको जासूसी जहाज U2 गिरावाट।

१९६१ : यूरी गागारिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने।

१९६२ : क्यूबामा सोवियत मिसाइल पहुच।

१९६३ : सोवियत संघद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत संघ बीच हट लाइन स्थापित।

१९६४ : ख्रुश्चेव को ठाउँमा लियोनिड ब्रेजनेवद्वारा पदभार ग्रहण।

१९६९ : सोवियत र चिनियाँ सेनामा सीमा विवाद।

१९७७ : नयाँ संविधानबाट ब्रेजनेव राष्ट्रपति चुनिए।

१९८२ : ब्रेजनेवको निधन। केजीबी प्रमुख यूरी आंद्रोपोवले सत्ता संम्भाले।

१९८२ : आंद्रोपोवको निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।

१९८५ : मिखाइल गोर्बाचोभ कम्यूनिस्ट पार्टीको महासचिव बने। खुलापन र पुनर्निर्माणको नीति शुरुआत।

१९८६ : चरनोबिल परमाणु दुर्घटना। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।

१९८७ : सोवियत संघ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।

१९८८ : मिखाइल गोर्बाचोभ राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।

१९८९ : अफगानिस्तानबाट सोवियत सेनाको फिर्ता।

१९९० : सोवियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान। बोरिस येल्तसिनद्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।

अगस्ट १९९१ : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति मिखाइल गोर्बाचोभ हिरासतमा। तीन दिन पछी यी सबै गिरफ्तार। येल्तसिनद्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । युक्रेन को स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी न्य देशले पनि आफै स्वतन्त्र घोषणा ।

सेप्टेम्बर १९९१ : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत संघको विघटनको लागि मतदान ।

८ डिसेम्बर १९९१ : रूस, युक्रेन र बेलारूसका नेताद्वारा 'कमनवेल्थ अफ इन्डिपण्डेन्ट स्टेट' निर्माण।

२५ डिसेम्बर १९९१ : मिखाइल गोर्बाचोभद्वारा पदबाट राजनीमा । अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।

२६ डिसेम्बर १९९१ : रूसी सरकारद्वारा सोवियत संघको कार्यालय संचालन।

स्टालिन र द्वितीय विश्वयुद्ध
१९२४मा लेनिनको मृत्यु भ्यो र जोसेफ स्टालिन सत्तामा आए। उसले सोभियत संघमा जबरदस्त औद्योगीकरण गरे र केंद्रीय आर्थिक व्यवस्था बनाए। कृषि र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, यानि खेत किसानहरूको निजी सम्पत्ति न होकर राष्ट्रको सम्पत्ति हो गए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। इसी केंद्रीकृत अर्थव्यवस्थाको द्वितीय विश्वयुद्धमा लडाई लड्नको लागी प्रयोग गरियो जसबाट सोभियत संघको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत संघको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।

द्वितीय विश्वयुद्धमा शुरूमा त जर्मनी र सोभियत संघमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले पोल्याण्डको आपसमा बाडेका थिए र क्रॅसि इलाका सोभियत संघलाई प्राप्त भयो। तर १९४१मा जर्मनीले उल्टाएर सोभियत संघमा हमला गर्यो। यसबाट सोभियत संघ मित्रपक्ष शक्तियों (ऐलाईड शक्तियों)को गुटमा संयुक्त राज्य अमेरिका र ब्रिटेनको साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा २.७ करोड सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत संघ विजयी भयो र पूर्वी यूरोपको धेरै जसो देश (जस्तो कि पोल्याण्ड, हंगेरी, चेकोस्लोभाकिया, रोमानिया, बुल्गारिया र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भयो।

शीत युद्ध

पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत संघले एक साम्यवादी सैन्य मित्रपक्ष बनायो, जसलाई वारसॉ सन्धी गुट (Warsaw Pact)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच शीत युद्ध जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने संभावनाको छायामा रहे।

स्टालिनको मृत्यु पछी विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र निकिता ख्रुश्चेव सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। सोभियत संघ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक युरि गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।

१९६२मा क्यूबाई मिसाइल संकटमा अमेरिका र सोभियत संघको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७०को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।

सोभियत संघको अन्त
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता मिखाइल गोरबाचोभले देशमा ग्लास्नोस्त (glasnost) नामक राजनीतिक खुलापनको (perestroika) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (coup d'etat) को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछी सोभियत संघ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा रूसलाई सोभियत संघको उत्तराधिकारीको मान्यता दिईयो।

क्राइमियामा त्यस्तो के छ?
साठी वर्षअघि युक्रेनलाई हस्तान्तरण गरिएको क्राइमिया फेरि रूसमैं गाभिने स्पष्ट संभावना देखिएपछि रूसमा उत्सव मनाउन थालिएको छ। आखिर क्राइमियामा त्यस्तो के छ, जसका कारण रुस पुन: अर्को शितयुद्धकालीन वैमनश्यका लागि समेत तयार देखिंदैछ? पहिलो कारण त ऐतिहासिक नै हो। सन् १९२१ मा सोभियत संघको रुस गणराज्य अन्तर्गत पर्ने गरी क्राइमियालाई स्वायत्त गणराज्यको दर्जा दिइएको थियो।

विच्छेद
पछि १९५४ मा तात्कालीन सोभियत नेता निकिता ख्रुश्चेवले रुससँग नजोडिएको आर्थिक रुपले कमजोर एवं पानी, बिजुलीको अभावले ग्रस्त त्यो भागलाई सञ्चालन गर्न सहज र कम खर्चालु हुने ठानेर युक्रेन गणराज्यमा गाभिदिए।

त्यसबेला एउटै देशका दुई राज्यभित्र भूमिको आदान-प्रदान हुँदा कुनै विवाद भएन। तर जब १९९१ मा सोभियत संघको पतन भयो क्राइमिया स्वायत्त गणराज्यको रुपमा स्वतन्त्र युक्रेनको अंग बन्यो र उसको रुससँगको सम्बन्ध सदाका लागि बिच्छेद भयो।

त्यसरी क्राइमियाका करिव ५८% रुसी मूलका जनतालाई आफूमाथि धोखा भएको र रुसभित्र पनि आफ्नो पूर्खाले पटक-पटक रगत बगाएको माटोलाई सहजै छोडेर ऐतिहासिक भूल भएको भावना प्रबल छ। र, रुस त्यो गल्तीलाई सुधार्न चाहन्छ। दोस्रो कारण, सामरीक हो। तर जब १९९१ मा सोभियत संघको पतन भयो क्राइमिया स्वायत्त गणराज्यको रुपमा स्वतन्त्र युक्रेनको अंग बन्यो र उसको रुससँगको सम्बन्ध सदाका लागि बिच्छेद भयो।

त्यसरी क्राइमियाका करिव ५८% रुसी मूलका जनतालाई आफूमाथि धोखा भएको र रुसभित्र पनि आफ्नो पूर्खाले पटक-पटक रगत बगाएको माटोलाई सहजै छोडेर ऐतिहासिक भूल भएको भावना प्रबल छ। र, रुस त्यो गल्तीलाई सुधार्न चाहन्छ। दोस्रो कारण, सामरीक हो। क्राइमियाको राजधानी सेभास्तोपोलमा अठारौं शताब्दीको अन्त्यदेखि नै रुसको च्योर्नामोर्स्की फ्लोत अर्थात ब्ल्याक सी फ्लिट तैनाथ छ, जसका कारण रुसलाई कृष्ण सागर र भूमध्य सागरसम्म आफ्नो सामरिक शक्तिलाई बिस्तार गर्ने सुविधा मिलेको छ।

युक्रेन स्वतन्त्र भएपछि रुसको नौसैनिक पोतलाई सन् २०४२ सम्म तैनाथ गर्ने द्विदेशीय सम्झौता भए पनि ब्ल्याक सी फ्लिट दुई देशबीच निरन्तर असमझदारीको कारण बनिरह्‍यो। किभमा रुस विरोधी शक्ति हावी हुने बित्तिकै ब्ल्याक सी फ्लिटको भविष्य अन्योलग्रस्त हुने खरतनाक परिस्थिति झेल्दै आएको रुसलाई क्राइमियालाई आफूमा गाभ्नै पर्ने बाध्यता सृजना भइसकेको थियो।

रूस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचको बहिर्गमन, रुसी भाषाको आधिकारिक हैसियतलाई बदर गर्ने पश्चिम-समर्थक नयाँ सत्ताको निर्णय र क्राइमिया लगायत दक्षिण पूर्वी युक्रेनका रुसी मूलका नागरिकहरुको आन्दोलनले रुसलाई त्यो अवसर दिएको छ। अन्य सानातिना आर्थिक कारण पनि छन्। तर, त्यसभन्दा महत्वपूर्ण भने सोभियत संघको पतनपछि रुसी जनतामा एक्लो महाशक्ति बनेको अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा आफूलाई हेप्ने गरेको गहिरो संवेदना पनि छ।

युरोपियन युनियन र उत्तर एटलान्टिक सन्धी संगठननेटोको निरन्तर विस्तारले आफूलाई घेर्दै गएकोमा निकै संवेदशील रुसलाई युक्रेन जस्तो भाषिक, साँस्कृतिक र ऐतिहासिक रुपले आफ्नो सबैभन्दा नजिकको छिमेकमा तिनको उपस्थिति सैह्य हुने सम्भावना नै थिएन। रुस यो आवेगमा क्राइमियामा मात्र सीमित हुनेछ वा रुसी भाषीहरूको बाहुल्य रहेको पूर्वी र दक्षिणी युक्रेनतिर पनि बढ्ला, त्यसले पुन: सुरु भएको जस्तो देखिएको शितयुद्धको तीव्रता र परिणामलाई निर्धारण गर्नेछ।

प्रकासित मिति

 
 
Loading...