1478958692 banner ad format

 
 

नयाँ दिल्ली – भारतमा सौतेनी छोरीमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । उनले विगत केही वर्षदेखि लगातार १५ वर्षीया छोरीलाई बलात्कार गर्दै आएता पनि बालिका गर्भवती भएपछि मात्र उक्त कुरा खुलासा भएको थियो ।

World Breaking News Nepali father rape daughter

बालिकाको पेट अस्वाभाविक रुपमा दुख्न थालेपछि उनलाई उनकी आमाले नजिकैको अस्पताल पुर्याएकी थिइन् । उनको स्वास्थ्य परीक्षण गर्दा उनी १०५ दिनकी गर्भवती भएको खुलेपछि उनीहरूले उनका बाबु विरुद्व प्रहरीमा उजुरी गरेका थिए । 

प्रहरीका अनुसार अपराधीले उनलाई मादक पदार्थको सेवन गराइ अचेत बनाएर पटक पटक बलात्कार गर्दै आएका थिए ।

पीडित बालिका उनकी आमा तथा दुई भाइहरूको साथमा बस्दै आएकी थिइन् । उनी तीन वर्षकी हुदाँ उनको आफ्ना बाबुको मृत्यु भए पश्चात् उनकी आमाले अर्काे विवाह गरेकी थिइन् ।

उनकी आमा र भाइहरू घरमा नभएको समयमा सौतेनी बाबुले बलात्कार गरी यस बारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएका थिए  ।

उक्त बाबुविरुद्ध मुद्दा जाहेर भइसकेको र भारतीय संविधानको धारा ३६५ अनुसार उनीमाथि कारवाहीको प्रकृया अगाडि बढाइने प्रहरीको भनाई छ । नागरिकबाट 
 

प्रकासित मिति

Loading...

 

yummyfood