1478958692 banner ad format

 
 

नैरोबी (केन्या)। केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको छ । 

Fire in school


विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 


शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताए । 


मन्त्री माटिङले घटनास्थलको स्थलगत अबलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उनले बताए । 
“यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं,” उनले भने  ।

प्रकासित मिति

Loading...

 

yummyfood