Hidden
यसरी २३ जनाको गोली हानी मृत्यु भयो
नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेको छ । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना मिलिशिया ले बताएका छन् ।
‘मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने ।
मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् ।
नागनजाई जिल्लाका एक अधिकारीले पनि घटनामा र २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
प्रकासित मिति
Loading...
Loading...
Loading...