tealaya add

arlnews kantipath

काठमाडौ । १५३ जना यात्रु लिएर उडेको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । मुम्बईबाट राजधानी दिल्लीतर्फ आइरहेको विस्‍तारा एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको हो । दिल्लीमा अवतरण गर्नुपर्ने विमानलाई लखनउ डाईभर्ट गरिएको छ । जब विमान लखनउमा अवतरण गरियो तब त्यसमा मात्रै ३०० किलो मात्रै इन्धन बचेको थियो । यो इन्धनमा विमान मात्रै १० मिनेट उडान गर्न सक्छ ।

विस्‍तारा एयरलाइन्स चालक दलका एक सदस्यले भने जब हामी लखनउमा अवतरण भयौ तब हामीसँग १० मिनेटमात्रै उड्न सक्ने इन्धन थियो । इन्धनको कमजोर अवस्थाबारे जानकारी दिदैं विमान चालकले विमानलाई ‘फ्यूल मेडे’ मा लैजाने निर्णय गरेका थिए । एयर ट्राफिक कन्ट्रोललाई आफ्नो हालतबारे सबै जानकारी दिएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार, डीजीसीएले यो कुरा थाहा पाएपछि पाइलटलाई थप उडान नगर्न सचेत गराए र सक्दो चाँडो अवतरण गर्न अपिल गरेका थिए ।

मुम्बई देखि दिल्ली आइरहेको एयरबस ए–३२० नियो विमानमा अतिरिक्‍त ६० मिनटसम्म उडान भर्न सक्ने इन्धन बचत हुन्छ । यसको प्रयोग त्यो बेला हुन्छ जब विमानलाई कुनै कारणवश आपतकालिन अवतरण गर्नुपर्ने अवस्थामा यसको प्रयोग हुन्छ । तर गएको १५ जुलाईमा भने केही फरक भएको हो । लखनऊमा मौसम खराब भएको भन्दै विमान प्रयागराजका लागि उडान भरेको थियो ।

खराब मौसमका कारण दिल्लीमा अवतरण गर्नुपर्ने विमानलाई लखनउ पठाइएको थियो । तर, लखनउमा पनि मौसम खराब भएर भिजिविलीटी कमजोर भएपछि पाइलटले विमान त्यहाँ अवतरण गर्न सकेनन् । उनले कानपुर वा इलाहाबाद वैकल्पिक विमानस्थलमा अवतरण गर्ने निर्णय गरेका थिए ।

एयरलाइन्का अनुसार, जब विमान प्रयागराजमा अवतरण गर्ने तयारीमा थियो, तब लखनऊ एटीसीले लखनऊमा मौसम सफा भएको जानकारी दियो । यति भएपछि विमान फेरि लखनउ पुग्यो । प्रयागराजमा भन्दा लखनउमा यात्रुका लागि विशेष सुविधा भएको हुँदा विमान फिर्ता भएको हो

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...