1478958692 banner ad format

 
 

नयाँदिल्ली । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार (आज) अस्पताल भर्ना भएका छन् ।

World Activities in Nepali Gas trapped in the vast

विद्यालयमा पढाइ भइरहेकाबेला रासायनीक ग्यास फैलिएर बिरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अंगमा नकारात्मक असर परेर अफ्ठ्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँदिल्लीमा रहेको एक विद्यालयनजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात् चुहिएको प्रहरीको भनाइ छ ।

‘झन्डै २०० जना बालबालिका नजिकैका चारओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीर तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,’ एकजना प्रहरी उपप्रमुख रोमिल बानियाले पत्रकारसँग भने ।

उनले ग्यास चुहावटकाबारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि बताए ।

भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि, सन् २०१४ मा छत्तीसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood