tealaya add

एजेन्सी - जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ ।

Georgia Chief Irakli Kobakhidze

रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा विवादास्पद सम्बोधन गरेपछि सभामुख दबाबमा आएका थिए । रुसी सांसदकाे सम्बाेधनकाे विराेध गर्दै भएकाे प्रदर्शनका कारण दुई सय ४० भन्दा बढी घाइते भएको र लगातार प्रदर्शन चर्कँदै जाँदा सभामुखले राजीनामा दिएका हुन् ।

 राजधानी त्बिलिसीमा पनि विरोध र्‍याली चर्किएको छ । प्रदर्शनकारीहरुले ‘रसियाले हस्तक्षेप गर्छ’ भन्ने लेखिएका प्लेकार्ड पनि बोकेर विरोध गरिरहेका छन् । 

स्वस्थ्य मन्त्रालयका अनुसार, प्रहरीले प्रदर्शनकारीहरुमाथि रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो । जसका कारण कम्तीमा एक सय ६० प्रदशर्नकारी र ८० जना प्रहरी अधिकारीहरु घाइते भएका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...