1478958692 banner ad format

 
 

दार्जिलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा उत्रिएका गोर्खा जनमुक्ति मोर्चा (जिजेएम)का कार्यकर्ता तथा दार्जिलिङवासीलाई हिंसाको बाटो रोकी वार्ताका माध्यमबाट समस्या समाधान निकाल्न केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आह्वान गरेका छन् ।

gorakhland min

हिंसाको बाटोबाट कहिल्यै पनि समस्या समाधान नहुने बताउँदै गृहमन्त्री सिंहले सम्पूर्ण दार्जिलिङवासीलाई धैर्य रहन आग्रह गरेका छन् । ‘सम्बद्ध सबै पक्षले आफ्ना मतभिन्नता अन्त्य गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्छु,’ गृहमन्त्री सिंहले ट्विट् सन्देशमा भनेका छन्, ‘म दार्जिजिङ र वरपरका क्षेत्रका सर्वसाधारणलाई शान्त र जिम्मेबार हुन हार्दिक अपिल गर्छु,’

यसअघि आइतबार दिउँसो गृहमन्त्री सिंहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग टेलिफोन गरी दार्जिलिङ समस्याबारे जानकारी लिएका थिए । ‘मुख्यमन्त्री बनर्जीले दार्जिलिङको अवस्थाबारे मलाई जानकारी गराएकी छिन्, अब वार्ताबाटै सबै समस्या समाधान हुन्छ,’ उनले भने ।

जिजेएमले गोर्खाल्यान्डलाई छुट्टै राज्य बनाउन माग गर्दै आन्दोलन चकाइरहेको छ । आन्दोलनमा प्रहरीको गोली लागी शनिबार तीन आन्दोलनकारीको मृत्यु भएको थियो । प्राकृतिक दृष्टिकोणले सुन्दरता दार्जिलिङका विद्यालयमा बंगाली भाषालाई अनिवार्य बनाउने सरकारी निर्णयको समेत प्रदर्शनकारीले विरोध गरेका छन् ।

शनिबार प्रहरीको गोली लागेर मृत्यु भएका जिजेएमका कार्यकर्ताको शव बोकेर आइतबार आन्दोनलकारीले सडक परिक्रमा गरेका थिए । सम्भावित झडप रोक्न प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । दार्जिलिङमा जुन ८ देखि सुरु भएको आन्दोलनका क्रममा गत अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood