1478958692 banner ad format

 
 

काठमाडौं– भारतको उत्तरप्रदेशमा शुक्रबार दिउँसो कार दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ ।

india accident

गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सिटी ७२०२ नम्बरको कार र सुनौलीबाट जाँदै गरेको यूपी ५२ टी ४३७७ नम्बरको ट्रक नेपालको सुनौली रोडदेखि गोरखपुर खण्डको पुरन्दरपुर भन्ने स्थानमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलहिया सुनौलीले जनाएको छ ।

दिउँसो २ बजेतिर भएको सो दुर्घटनामा परि मृत्यु हुने तीन जनाको सनाखत भएको जनाइएको छ । उक्त दुर्घटनामा परि अन्य ६ जना घाइते छन् । उनीहरुको गोरखपुरमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

घटनापछि  सिमावर्ती इलाका प्रहरी कार्यालय रुपन्देहीको बेलहियाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । घटनास्थल सुनौलीबाट झण्डै ४५ किलोमीटरको दुरीमा पर्दछ । 

प्रकासित मिति

Loading...

 

yummyfood