1478958692 banner ad format

 
 

नयाँदिल्ली - भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ । 

India accident
दुर्घटनामा अन्य ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 
रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो । 
प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुग्दा यात्रु ट्रकको पांग्रा तलसमेत किचिएको अवस्थामा रहेको प्रहरी अधिकारीको भनाइ छ । 
“मृत्यु भएका सबैजना महिला रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो, घाइतेको नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको छ,” एक प्रहरी अधिकारीले भने । 
उनीहरु सबैजना प्रशिद्ध भगवान वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै गरेका थिए । उनीहरु सबैजना अलवाराम गाउँमा स्थानीय बासिन्दा रहेका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood