1478958692 banner ad format

 
 

श्रीनगर (भारत प्रशासित काश्मिर) -भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । 

India administered Kashmir

भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् । 

मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डरको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । 

श्रीनगरबाट ४६ किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा प्रहरी गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् । 

काश्मिरमा गत बुधबारमात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood