death body

एजेन्सी - भारतको बिहारमा यतिबेला गर्मीको कहर लागिरहेको छ । अत्याधिक गर्मीको कारण मर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । गर्मीकै कारण २ दिनमा १४३ जनाको मृत्यु भईसकेको छ । औरन्जवाद जिल्लामा आईतबार ३३ जना मृत्यु भएको थियो । यता सदर अस्पतालमा १७ जनाको मृत्यु भईसकेको छ ।

शनिबार पनि ३० जनाको मृत्यु भएको छ । आईतबार नै नवादामा १२ , पटनामा ११ गयामा ९ , बक्सरमा ७ र आरामा ५ जनाको अत्याधिक गर्मीको कारण मृत्यु भएको छ । आईतबार पटनामा सबैभन्दा बढि भएको भारतीय मिडियाहरुले जनाएको छ । जहाँको अधिकतम तापक्रम ४५ डिग्री रहेको बताईएको छ । जबकी शनिबारको तुलनामा ०.८ डिग्री कम भएको बताईएको छ ।

गयामा ४४.४ , भागलपुरमा ४१ , मुजफ्फरपुर मा ४२.६ डिग्री तापक्रम रहेको बताईएको छ । गर्मीले आहत बनाएपछि सरकारले अस्पतालमा पंखा र कुलर लगाउन समेत निर्देशन दिएको छ । अस्पताल पुग्ने अधिकांश बिरामीहरुले शरिरमा जलन भयो भन्दै पुग्ने गरेका छन् । जसमध्ये अधिकांशको मृत्यु भएको हो । यता औरन्गावादमा हरेक आधा घण्टामा गर्मीकै कारण १ जनाको मृत्यु हुने गरेको छ ।

दुई दिनमा सो क्षेत्रमा ६३ जनाको मृत्यु भएको छ भने गयामा लु कै कारण २ दिनमा ३४ जनाको मृत्यु भईसकेको छ । बिरामीहरुको अवस्था देखेर डाक्टरहरु समेत लाचार देखिएको बताईएको छ ।

लगातार गर्मीका बिरामीहरु बढिरहेको र निरन्तर मृत्यु भएपछि डाक्टरहरु समेत लाचार देखिएका हुन् । गर्मीले लू नै चलेपछि ती क्षेत्रहरुमा विद्यालयहरु अनिश्चिकालका लागि बन्द गरिएका छन् ।

बिरामीको चाप बढेकै कारण अस्पतालका कर्मचारीहरुको छुट्टीसमेत रद्ध गरिएको छ । हाल गर्मीको कहर भएको स्थानमा तत्काललाई बर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

यस्तोमा गर्मीकै कारण मर्नेको संख्या थप बढ्ने चिन्ता देखिएको छ । यता सरकारले लूकै कारण मानिसहरुको मृत्यु प्रकरणलाई नियती भन्दै अभिव्यक्ति दिएको छ । 

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...