tealaya add

indianairforce kantipath

भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २० घण्टा बित्दासमेत पत्ता लाग्न सकेको छैन । भारतमा सोमवार १३ जनासहित भारतीय वायु सेनाको जहाज एएन-३२ विमान बेपत्ता भएपछि अहिले खोजी अभियान जारी छ । सोमवार  जहाज बेपत्तापछि  झण्डै तीन वर्ष पहिलाको २९ यात्रु बोकेको एएन-३२ जहाजका विषयमा चर्चा परिचर्चा हुन थालेको छ । भारतीय एयर फोर्सको एएन-३२ जहाजनै फेरि बेपत्ता भएपछि रहस्यमय मानिएको सन् २०१६ को जहाजका विषयमा चर्चा भएको हो ।

असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । विमान खोजीका लागि स्थल र हवाई मार्गमा समेत टोली परिचालन गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वायुसेनाको सो हिजो संपर्क बिहिन भएकाे बिमान चिनियाँ सीमा क्षेत्र नजिकै बेपत्ता भएको हो । विमान दुर्घटनाको आशंका गरिए पनि खोजतलासमा हेलिकप्टरसहित परिचालन गरिएको टोलीले त्यस्तो कुनै प्रकारको अवशेष फेला पार्न नसकेको जनाइएको छ ।

चेन्नईबाट उडान भरेको झण्डै १ घन्टापछि विमानसंगको सम्पर्क टुट्यो । त्यसपछि भारतीय वायु सेनाले जल सेनाको मद्दतमा महिनौसम्म खोजी गर्यो । त्यो खोजी अभियान अहिलेसम्मको लामो र ठूलो भएको भारतीय सेनाले जनाएको छ । सन् २०१६ को शुरुवातमा पनि यहि सिरिजकाे भारतीय वायुसेनाको जहाज बंगालको खाडीबाट बेपत्ता भएको थियो । जसमा २९ जना सवार रहेका थिए ।

सन २०१६मा चेन्नईको एयरबेसबाट उडान भरेर अण्डमान एण्ड निकोवर द्वीप तर्फ जाँदै गरेको जहाज बंगालको खाडीमाथिबाट बेपत्ता भएको थियो ।लामो समयसम्म पनि जहाज नभेटिएपछि खोजी अभियान औपचारिक रुपमा अन्त्य गरियो । जहाजमा सवार २९ जनाको अवस्था अहिलेसम्म पनि अज्ञात छ । भारतीय वायुसेनाले वेपत्ता जहाज खोजीका लागि आफूसंग भएका हरेक प्रकारका जहाज, हेलिकप्टर र जलसेनाका सबै साधनको माध्यमबाट खोजी गरेपनि भारतीय सेना जहाज फेला पार्न असफल भयो । जुन कुरा अहिलेसम्म पनि रहस्यमय बनेको छ ।

सोमवार फेरि भारतीय वायुसेनाको एएन-३२ विमान अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएको छ । दिउँसो १२:२५मा जोरहाटबाट उडेको जहाज दिउँसो १:०० बजेसम्म सम्पर्कमा रहेको थियो । त्यसपछि जहाज एकाएक बेपत्ता भएको छ । भारतीय वायुसेनाले विमानमा ८ चालक दलका सदस्य र ५ यात्रु रहेका थिए । भारतीय वायु सेनाले हरेक प्रकारका प्रविधिको प्रयोग गरेर जहाजको खोजी भैरहेको जनाएको छ ।

एएन-३२ जहाजमा एक पाइलट, एक कोपाइलट, इन्जिनियर सहित कम्तिमा ५ सदस्यीय क्रू मेम्बर हुन्छन् । यसमा झण्डै ५० जनाले यात्रा गर्न मिल्छ । भारतीय वायुसेनाले यसलाई अति आवश्यक जहाजका रुपमा लिन्छ ।हिजो हराएको वायुसेनाको एएन–३२ विमानमा चालक दलका ८ सदस्य र पाँच यात्री रहेको बताइएको छ ।

भारतीय वायुसेनासंग १ सयको हाराहारीमा यस्ता जहाज छन् । यो जहाज भारतीय वायुसेनासंगै श्रीलंका, अंगोला र युक्रेनका सेनासंग समेत रहेको छ । यसका दुई इन्जिन हुन्छन् । यो जहाज ५५ डिग्री सेल्सियसको अधिक तापक्रममा समेत ल्याण्ड गर्न सक्छ । यसले १४ हजार ८०० फिटसम्मको उचाई सम्म उडान गर्न सक्ने हुन्छ ।

एएन–३२ विमान जस्तोसूकै प्रतिकुल मौसममा पनि उडान गर्न सक्षम मानिन्छ । यसको प्रयोग कम तथा मध्यम दूरीमा सैन्य बन्दोबस्तीका सामान ओसार्न तथा सैनिक टोली ओसार्न बढीमात्रामा हुने गरेको छ । हालसम्म भारतीय वायुसेनाका यस्ता ९ वटा विमान दुर्घटना भइसकेको छ । भारतीय वायु सेनाले आफूसंग भएका झण्डै १ सय जहाजलाई अहिले धमाधम अपग्रेड गरिरहेको छ ।

 (एजेन्सी)

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर