1478958692 banner ad format

 
 

नयाँ दिल्ली । भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ । 

Indian Supreme Court

यस समुदायका पुरुषले तीन पटकसम्म तलाक शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रही आएको थियो । 

यसलाई उनीहरुले कानुनी मान्यताकै रुपमा पनि अभ्यास गर्दै आएका थिए । तर आज उक्त प्रावधानलाई अदालतले खारेज गरिदिएको छ । 

भारतीय सर्वाेच्च अदालतको आजको इजलासले यसरी तीन पटकसम्म तलाक गरेर श्रीमतीलाई तुरुन्तै सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यास धार्मिक हिसाबले गरिएको पनि होइन र यसले भारतीय संविधानको पनि उल्लङ्घन गरेको फैसला सुनाएको छ । 

आजको उक्त फैसलामा पाँच न्यायाधीश थिए । ती पाँच न्यायाधीश हिन्दू, इस्लाम, सिख, क्रिश्चियन र जोरोआस्त्रानियम धर्मका रहेका थिए । 

उनीहरुले विगत लामो समयदेखि गहन अध्ययन गरी उक्त फैसला सुनाएको बताइएको छ । उनीहरुले एकतर्फी रुपमा पुरुषले मात्र सम्बन्ध विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले महिलामाथि हिंसा नै गरेको ठहर गरेको छ । 

उक्त फैसलामा भनिएको छ– पाप के हो भन्ने धार्मिक आश्थामा लेखिएका वा भएका कुरा कानुनको आँखामा मान्य नहुन पनि सक्छन् । 

विवादास्पद निर्णयलाई उच्च अदालतले गरेको खारेजलाई एक ऐतिहासिक निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमार्फत बताए । उन गरेको ट्वीटमा ट्रिपल तलाक सम्बन्धि यो फैसला ऐतिहासिक भएको बताए । 

यसले फैसलाले मुस्लिम महिलाहलाई समानताको अधिकार दिएको र महिला सशक्तिकरणको दिशातर्फ यो मजबूत कदम भएको पनि मोदीले बताए ।  

प्रकासित मिति

Loading...

 

yummyfood