1478958692 banner ad format

 
 

जाकार्ता -  इन्डोनेसियाको बालीमा आएको ठुलो ज्वालामुखीका कारण विस्थापित हुनेहरुको संख्या बढ्दै गएर अहिले सम्म एक लाख ४७ हजार पुगेको छ । 

Indonesia Large Volcano

माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै जनालाई विस्थापित गराएको विपद व्यवस्थापन निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

स्थानीय काराङ असेम भन्ने ठाँउमा आएको ज्वालामुखी तीन हजार ३१ मिटर माथी सम्म आएको अधिकारीहरुले बताएका छन् । उनीहरुले घटनास्थलको क्षेत्रलाई अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरेका छन् । 

विस्थापितहरुलाई चार सय भन्दा बढी शरणार्थी शिविरहरुमा राखिएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले सिन्ह्वालाई जानकारी दिए । 

घटनास्थलबाट झण्डै १२ किलोमिटर बरिपरीको क्षेत्रलाई प्रवेश निषेध क्षेत्रको रुपमा घोषणा गरिएको छ । 
यस्तै प्रकारको ज्वालामुखी गत सन् १९६३मा पनि गएको थियो । त्यस ज्वालामुखीका कारण झण्डै एघार सय जनाको मृत्यु भएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood