1478958692 banner ad format

 
 

काठमाडौं । अमेरिकाको एक अदालतले क्यान्सरपीडित एक महिलालाई जोन्सन एन्ड जोन्सन कम्पनीले ४१ करोड ७ लाख अमेरिकी डलर अर्थात् करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ ।

Joneson Joneson Company

लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो ।

जोन्सन एन्ड जोन्सन कम्पनीको टेलकम पाउडर प्रयोगका कारण महिलाको गर्भाशयमा क्यान्सर भएपछि क्षतिपूर्ति दिन अदालतले आदेश दिएको हो ।

अदालतले ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको बताइएको छ । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् ।

तिघ्राको काछ वरपर उनी नियमित रुपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ ।

तर हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति पाउन पाउने इचेभर्रिया पहिलो बनेकी छन् ।

पाउडर प्रयोग गरेकै कारण आफूलाई डिम्बासयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर प्रयोग नगर्न सल्लाह दिएकी छन् ।
तर कम्पनीका प्रवक्ता कैरोल गुडरिचले भने अमेरिकी अदालतको यो फैसला गलत भन्दै अपील गर्ने बताएका छन् ।

वैज्ञानिक हिसाबले पनि सो पाउडरमा खराबी नहुने भन्दै उनले अमेरिकी अदालतको फैसला गलत भएको बताएका छन् ।(एजेन्सी

प्रकासित मिति

Loading...

 

yummyfood