tealaya add

 

बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् ।

kantipathnews British Prime Minister Theresa May

प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ । उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

तर नयाँ प्रधानमन्त्री नचुनुन्जेल उनी पदमै रहने बताइएकाे छ । भावुक सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपियन युनियनबाट बेलायत छुट्टयाउनका लागि आफूले सक्दो प्रयास गरेको बताइन् । अब बन्ने प्रधानमन्त्रीले पनि देश हितका लागि त्यो प्रयास जारी राख्ने उनको भनाइ छ ।

प्रधानमन्त्री मेले बे्रक्जिट प्रक्रियालाई टुंग्याउन नसक्दा आफुलाई निकै पश्चाताप भएको पनि बताइन् । राजीनामा घोषणा गर्दै गर्दा उनको गला अवरुद्ध भएको थियो । 

बेलायती इतिहासमा आफु दोस्रो महिला प्रधानमन्त्री भए पनि यो नै अन्तिम नभएको मेले बताइन् । प्रधानमन्त्रीको रुपमा काम गर्नु पाउनु जीवनकै गर्व भएको उनको भनाइ थियो ।

मेपछि पूर्व विदेश सचिव बोरिस जोनसन बेलायतको अर्को प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको छ । यद्यपि, यस पदका धेरै आकांक्षी रहेका छन् । जसमा रोरी स्टेवार्ट, जेरेमी हन्ट, माइकल गोभ, पेन्नी मोरडन्ट र साजिद जाभेदले पनि प्रधानमन्त्रीका लागि आफ्नो दाबीदारी प्रस्तुत गर्ने अनुमान गरिएको छ । एजेन्सी

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...