tealaya add

काठमाडौं । गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक भवनमा शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । आगलागीमा परी ११ विद्यार्थी गम्भीर घाइते भएका छन् ।

kantipathnews gujarat fire breaks

आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने कोहि विद्यार्थीको मृत्यु भने भवनबाट हामफाल्दा भएको थियो । मृत्यु हुनेमा १८ जना किशोरी र ३ जना किशोर छन् । सबै १५ देखि २२ वर्ष उमेरका विद्यार्थी रहेको दैनिक भास्करले जनाएको छ ।

आट्र्सको कोचिङ भइरहेको समयमा आगलागी भएको थियो । कोचिङ कक्षामा ४० देखि ४५ विद्यार्थी सामेल थिए । कक्षा भवनको दोस्रो र तेस्रो तलामा चलिरहेको थियो ।

भूँइतलाबाट आगो लाग्न शुरु भएपछि विद्यार्थीहरु भवनको माथिल्लो तलामा भागेका थिए र त्यहीँ फसे । दमकल आउन ढिलाई भएपछि चौँथो तलाबाट विद्यार्थीहरु हामफाल्न सुरु गरेका थिए । हामफाल्दा ११ जनाको ज्यान बाँच्न सफल भयो भने एक जनाको मृत्यु भयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर